असार २०, २०८२ शुक्रबार July 4, 2025

रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पारयो ध्वस्त

युक्रेनी एजेन्टहरूले गोप्य रूपमा एफपीभी ड्रोन र काठको मोबाइल क्याबिनहरूमार्फत रूसमा गुपचुप लगेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किभ, १९ जेठ । युक्रेनले ४१ रुसी लडाकु विमान नष्ट गरेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार युक्रेनले मुर्मान्स्कको ओलेन्या एयर बेस, इर्कुट्स्कको बेलाया एयर बेस, इभानोभोको इभानोभो एयर बेस र रुसको ड्यागिलेभो एयर बेसलाई निशाना बनाउँदै ४१ लडाकु बिमान नष्ट गरिदिएको दावी गरेको हो ।

रुसको बेलाया एयरबेस युक्रेनी सीमाबाट ४ हजार किलोमिटर टाढा छ । यो रूसको साइबेरिया क्षेत्रमा अवस्थित छ। रिपोर्टका अनुसार युक्रेनको सुरक्षा एजेन्सीले यो हमला गरेको थियो, जसमा फर्स्ट पर्सन भ्यू (एफपीभी) ड्रोन प्रयोग गरिएको थियो। जसले रूसको ए–५०, टीयू–९५ र टीयू–२२ जस्ता रणनीतिक बम वर्षक बिमानलाई निशाना बनाएको थियो ।

एक एसबीयू अधिकारीले भने कि उनीहरूले आत्मरक्षाका लागि यो आक्रमण गरेका हुन । किनकि, यी रूसी विमानहरूले प्रायः युक्रेनी शहरहरूमा बम खसालिरहेका थिए।

रुसले युक्रेनको यो छुपारूस्तम आक्रमणले क्षति भएको स्विकारेको छ । प्रारम्भिक अनुमान अनुसार क्षतिको लागत २ अर्ब अमेरिकी डलर भन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

अचम्म त यो छ कि भोली सोमबार टर्कीको इस्तानबुलमा शान्ति वार्ता हुन लागेको र सीमापार भिडन्त तिब्र भएको बेला यो हमला भएको हो।

युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयूं) ले आफ्नो ड्रोनले रुस भित्र धेरै टाढा गएर टियु–९५, टियु–२२ जस्ता ठूला बमवर्षक र ए–५० जस्ता महँगो जासुसी विमानलाई क्षति पुर्याएको दावी गरेको छ । जसमध्ये ए–५० विमान धेरै दुर्लभ बिमान हुन किनभने यो रूससँग मात्र १० विमानहरू छन्। एउटा विमानको मूल्य करिब ३५० मिलियन डलर रहेको बताइएको छ ।

रुसको इर्कुत्स्क क्षेत्रमा रहेको ‘बेलाया’ नामक एयरबेसलाई विशेषगरी यस हमलामा निशाना बनाइएको थियो । ‘ओलेन्या’ एयरबेसमा पनि आगलागी भएको खबर आएको छ तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।

टियु–९५ र टियु– १६० जस्ता विमानहरू पुराना हुन सक्छन् तर पनि तिनीहरू लामो दूरीसम्म उड्न सक्छन् र धेरै मिसाइलहरू बोक्न सक्छन्। यी रूसी वायु सेनाको सबैभन्दा शक्तिशाली हतियारमा गणना गरिन्छ। ति बिमानहरूको क्षति युक्रेनको लागि ठूलो उपलब्धि मानिएको छ । युक्रेनले पनि आफ्नो ड्रोन मिसन जारी रहने बताएको छ।

ओलेन्या एयर बेस रूसको मुर्मन्स्क क्षेत्रमा छ। त्यहाँका गभर्नरले शत्रुको ड्रोनले आक्रमण गरेको बताए तर उनले धेरै जानकारी साझा गरेका भने छैनन्। यद्दपी, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा एफपीभी ड्रोन नजिकको ट्रकबाट उडेको देख्न सकिन्छ।

मिडिया रिपोर्टका अनुसार एसबीयूले यो आक्रमणको लागि करिब १८ महिनादेखि तयारी गरिरहेको थियो। उनले यो अपरेशनलाई ‘स्पाइडर वेब’ नाम दिएको थियो । यो मिसन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफैंले अनुगमन गरिरहेका थिए। एकै समयमा यो एसबीयू प्रमुख वसिल मलिकको निरीक्षणमा भइरहेको थियो।

युक्रेनी मिडिया रिपोर्टका अनुसार ड्रोनहरू पहिले रसियामा गुपचुप तरिकाले पठाइएको थियो र त्यसपछि लरीहरूमा राखिएको काठको क्याबिनहरूमा लुकाइएको थियो। जब आक्रमण गर्नु पर्ने थियो, ती ट्रकहरूबाट ड्रोनहरू निशानामा प्रक्षेपण गरिएको थियो।

युक्रेनी एजेन्टहरूले गोप्य रूपमा एफपीभी ड्रोन र काठको मोबाइल क्याबिनहरूमार्फत रूसमा गुपचुप लगेका थिए। यी ड्रोनहरू ट्रकको छाना मुनि लुकाइएको थियो, जसलाई टाढाबाट नियन्त्रण गर्न सकिन्थ्यो। जब आक्रमण सुरु भयो । ट्रकहरूको छाना खुल्यो र कामिकाजे ड्रोनहरू सीधा रूसी बम वर्षक बिमानतिर पठाइयो।

त्यसो त एक्सियोसले युक्रेनी अधिकारीलाई उद्धृत गर्दै युक्रेनले आक्रमण गर्नुअघि ट्रम्प प्रशासनलाई जानकारी दिएको बताएको छ ।

रुसको टेलिग्राम च्यानलले फुटेज साझा गरेको छ, जसमा केही व्यक्ति ट्रकमा चढेर ड्रोनलाई रोक्न खोजिरहेका छन्। विभिन्न रूसी सैन्य एयरबेसका तस्बिरहरूले जलेको विमान र आगोको मुस्लो देखाएको छ तर कुल क्षतिको अझै सही अनुमान गरिएको छैन।

मस्को नजिकै भोस्क्रेसेन्स्कमा जलिरहेको एयरबेसको भिडियो पनि बाहिर आएको छ, ड्रोनले टियु ९५ लडाकु विमानलाई नष्ट गरेको देखाएको छ। करिब ४०,००० डलर लागतको एफपिभी ड्रोन विमानको नजिकै रोकिन्छ र रूसी बिमानलाई निशाना बनाउँछ।

बेलायती रक्षा मन्त्रालयका अनुसार सन् २०२५ मा रुससँग ४० वटा टु–९५ लडाकु विमान हुनेछन् । यसमा ४ इन्जिन छन् र धेरै हतियार बोक्न सक्षम छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार