असार २१, २०८२ शनिबार July 5, 2025

हङकङ र लाओसविरुद्ध खेल्न हङकङ जाने नेपाली पुरुष फुटबल टोलीको बिदाइ

नेपाली टोलीसंग राष्ट्रले गरेका आशालाई पुरा गर्नका लागि उच्च मनोवलका साथ मैदान उत्रन खेलकुदमन्त्रीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको विदाई गरेको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायत एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको विदाई गरेका हुन् ।

नेपालले यहि जुन ५ मा हङकङसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ भने त्यसपछि एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग जुन १० मा उसैको घरेलु मैदानमा नेपालले खेल खेल्नेछ ।

विदाई कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपाली टोलीसंग राष्ट्रले गरेका आशालाई पुरा गर्नका लागि उच्च मनोवलका साथ मैदान उत्रन आग्रह गरे । उनले खेलाडीको विकासका लागि सरकारले पहिलो तुलनामा बजेट बढाउदै लगेको जानकारी दिए ।

खेल र खेलाडीको विकासका लागि सरकार सदैव गम्भी रहेको मन्त्री चौधरीले बताए । सोमबारै एन्फाले ले २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
२०८२ असार २१, शनिबार
“वाणगंगामा निःशुल्क ‘भजाइनल हिष्टेक्टोमी’ सफल, पिपरा अस्पतालले रच्यो इतिहास”
२०८२ असार २१, शनिबार
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार