असार २०, २०८२ शुक्रबार July 4, 2025

बेंगलुरुले पहिलोपटक आईपीएल उपाधि जित्यो, विराट कोहलीको सपना पुरा

पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुको ऐतिहासिक जीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो १६ वर्षको प्रतीक्षा तोड्दै पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। मंगलबार नरेन्द्र मोदी रंगशालामा भएको २०२५ सिजनको फाइनलमा बेंगलुरुले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै इतिहास रचेको हो।

पहिले ब्याटिङ गर्दै बेंगलुरुले ९ विकेट गुमाएर १९० रन बनाएको थियो। ओपनर विराट कोहलीले सर्वाधिक ४३ रन (३५ बल, ३ चौका) बनाउँदै कप्तानी पारी खेले। मयन्क अग्रवाल (२४), रजत पाटिदर (२६), लियान लिभिङस्टोन (२५) र जितेन शर्मा (२४) ले योगदान दिए।

१९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किङ्स २० ओभरमा ७ विकेट गुमाएर १८४ रनमा रोकियो। शशांक सिंहले विस्फोटक पारी खेल्दै ३० बलमा ६१ रन बनाएका थिए, तर जित दिलाउन सकेनन्। बेंगलुरुका बलरले नियमित अन्तरालमा विकेट लिँदै दबाब कायम राखे।

पञ्जाबका लागि केली जेमिसन र अर्सदीप सिंह तीन–तीन विकेट लिए, जसमा अर्सदीपले अन्तिम ओभरमा तीन विकेट चट्काएका थिए।

यो जितसँगै बेंगलुरुका स्टार खेलाडी विराट कोहलीले आफ्नो दीर्घकालीन सपना – आईपीएल उपाधि जित्ने लक्ष्य – पुरा गर्न सफल भए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार