असार २०, २०८२ शुक्रबार July 4, 2025

दक्षिण कोरियाका राष्ट्रपतिमा बाम झुकावका लि बिजयी

६ जना उम्मेदवार मैदानमा रहे पनि वास्तविक प्रतिस्पर्धा भने डिपिके र पिपीपी पार्टीका उम्मेदवारहरू बीच मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, २१ जेठ । दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा वाम झुकाव लिबरल डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे म्युङ विजयी भएका छन् ।

उनले सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) को किम मुन सुलाई पराजित गरेर यो बिजय हासिल गरेका हुन् ।

मत परिणाम अनुसार लीले ४८.३१ प्रतिशत भोटका साथ अगाडि रहे भने किमले ४२.९ प्रतिशत भोट मात्र पाउन सफल भए पछि उनी बिजयी भएका हुन् । यस निर्वाचनमा ६ जना उम्मेदवार मैदानमा रहे पनि वास्तविक प्रतिस्पर्धा भने डिपिके र पिपीपी पार्टीका उम्मेदवारहरू बीच मात्रै रहेको थियो ।

सो जित पछि लीले भने, ‘म मतदातालाई धन्यवाद दिन्छु। म यो जिम्मेवारी कहिल्यै बिर्सने छैन र देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार गर्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’सोही क्रममा किम मुनले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्दछु र ली जे म्युङलाई विजयको शुभकामना दिन्छु ।’

राष्ट्रपतिको निर्वाचनमा कुल मतदाता ७८.३ प्रतिशत थियो, जुन १९९७ पछिको सबैभन्दा उच्च हो जबकि सन २०२२ को राष्ट्रपति चुनावमा मतदान ७७.१ प्रतिशत मत खसेको थियो। सन् १९८७ मा दक्षिण कोरियामा भएको निर्वाचनमा सबैभन्दा बढी मतदाता ८९.२ प्रतिशत थियो।

सन् २०२७ मा दक्षिण कोरियामा चुनाव हुने भएता पनि पीपीपी पार्टीका युन सुक येओललाई गत वर्षको डिसेम्बरमा मार्शल ल लागू भएपछि राष्ट्रपति पदबाट हटाइएको थियो ।

युन सुक येओलले मार्शल ल लागू गर्नुको कारण राज्य विरोधी शक्ति र उत्तर कोरियाको धम्कीलाई उद्धृत गरेका थिए। तर, यो चाँडै स्पष्ट भयो कि उनले आफ्नो राजनीतिक समस्याबाट छुटकारा पाउन मार्शल ल लगाएका थिए।

एक सातापछि संसदले उनलाई महाभियोग लगाएको थियो । र, गत अप्रिल ४ मा संवैधानिक अदालतले उनको महाभियोगलाई कायम राख्यो र स्थायी रूपमा पदबाट हटायो। यसपछि ऐनअनुसार ६० दिनभित्र निर्वाचन गराउनु अनिवार्य थियो, जसअनुसार यो समयसिमा भन्दा अगाडी नै निर्वाचन भएको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार