असार २०, २०८२ शुक्रबार July 4, 2025

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा १२ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध, आगामी सोमबारदेखि लागू

अमेरिकी नागरिकलाई खतरनाक विदेशी तत्वहरूबाट सुरक्षित राख्ने रणनिती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका छन्। ट्रम्पले अमेरिकी नागरिकको सुरक्षाको कारण देखाउँदै १२ देशकानागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यी देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश छन्।

यसबाहेक, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला लगायतका सात देशका नागरिकहरू आंशिक यात्रा प्रतिबन्धमा परेका छन्।

ह्वाइट हाउसले सार्वजनिक गरेको जानकारीमा यो नयाँ प्रतिबन्ध आगामी सोमबार, जुन ९ बाट लागू हुनेछ।

बीबीका अनुसार ट्रम्पको प्रतिबन्धको उद्देश्य भने अमेरिकी नागरिकलाई खतरनाक विदेशी तत्वहरूबाट सुरक्षित राख्ने रहेको जनाएको छ।

यो आदेश ट्रम्प प्रशासनको दोस्रो पटकको यस्तो कदम हो । आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले २०१७ मा यस्तै आदेशमा हस्ताक्षर गरेका थिए। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार