असार २०, २०८२ शुक्रबार July 4, 2025

मौसमी जटीलताका कारण पाकिस्तानका विद्यालय बन्द

विद्यालय जाने उमेरका लगभग एक तिहाइ अर्थात् दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालयको पहँचभन्दा बाहिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाकिस्तान, जेठ २३ गते । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालयहरु बन्द भएका छन् । गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट बच्चाहरूलाई जोगाउने उद्देश्यले विद्यालय वन्द गरेको प्रशासनले जनाएको छ ।

गर्मीले मे महिनामा पञ्जाबमा ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) सम्म तापक्रम पुगेकाले  धेरै प्रान्तहरूमा विद्यालयको समय कटौती गरी गर्मी बिदा दिइएको हो । पाकिस्तानमा धेरै मौसमी चुनौती रहेकाले विद्यार्थीहरू लामो समयसम्म गर्मी र धुवाँबाट प्रभावित भएको र यसबाट सुरक्षाका लागि विद्यालय बन्द गरिएको लाहोरस्थित शैक्षिक अभियान्ता बेला रजा जामिलले बताउनुभयो ।

सरकारी तथ्याङ्क अनुसार पाकिस्तानी विद्यालय जाने उमेरका लगभग एक तिहाइ अर्थात् दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालयको पहँचभन्दा बाहिर छन् । यसैगरी, ६५ प्रतिशत बालबालिकाहरू १० वर्षको उमेरसम्म पनि उपयुक्त सामग्री पढ्न असमर्थ छन् । वायु प्रदूषणका कारण गत बर्ष पनि नोभेम्बरमा दुई हप्ता, गर्मीका कारण मेमा एक हप्ता बिदा दिइएको थियो ।

यो बर्ष जनवरीमा चिसोका कारण तिन हप्ता बिदा भएका थिए भने मेमा गर्मीका कारण दुई हप्ता विद्यालय बन्द रहने छन् । पाकिस्तानको बलुचिस्तान प्रान्तमा मे महिनाको गर्मीले गर्दा तीन वर्षसम्म लगातार गर्मी बिदा गर्नुपर्ने अवस्था निम्त्याएको छ । दक्षिणी सिन्ध प्रान्तमा पनि अभिभावकहरूको बढ्दो मागका बावजुद अधिकारीहरूले गर्मीसँग सम्बन्धित शैक्षिक बन्दको विरोध गरेका छन् ।

“यस्तो मौसममा अविभावकहरू बालबालिकालाई विद्यालय पठाउन गाह्रो मान्ने गरेका छन्,” स्थानीय एक निजी विद्यालयका प्रिन्सिपल सादिक हुसेनले बताउनुभयो । मौसमी जटिलताले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य प्रभावित भइरहेको अल सिन्ध प्राइभेट स्कुल एन्ड कलेज एसोसिएसनका महासचिव दोस्त मोहम्मद दानिशले बताउनुभयो ।

शिक्षक, अभिभावक र शिक्षा विज्ञहरू विद्यालय र परीक्षाको समय तालिका तथा बिदाहरूमा पुनर्विचार गर्नुपर्ने बताउँछन् । विश्व बैङ्कका वरिष्ठ शिक्षा विशेषज्ञ इजजा फर्राखले जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावले बालबालिकाको सिक्ने समयलाई असर गरिरहेको बताउनुभएको छ । सिन्ध प्रान्तमा विश्व बैङ्कको ऋणबाट वित्त पोषित भई सुविधा सम्पन्न विद्यालयहरू निर्माण भइरहेका छन् ।

यहाँ बालबालिकाहरू मौसमी जटीलताको सामना गर्दै पठन पाठन गर्न सक्छन् । तर पाकिस्तानका अन्य ग्रामीण स्थानहरूमा सन् २०२२ को बाढीबाट विद्यालयहरू क्षतिग्रस्त भएका थिए । ती स्थानमा बालबालिकाहरू विद्यालय भवन बाहिर असुरक्षित रुपमा सिक्न बाध्य छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार