असार २१, २०८२ शनिबार July 5, 2025

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमबारे प्रदेशसभा सदस्यहरूले विभिन्न सुझाव तथा धारणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । यही जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमबारे प्रदेशसभा सदस्यहरूले विभिन्न सुझाव तथा धारणा राख्नुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले समुन्नत र आत्मनिर्भर प्रदेशको लक्ष्यलाई आत्मसात् गरेको बताउनुभयो । “यो नीति तथा कार्यक्रमले प्रदेश सरकारलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग पुग्नेछ, नीतिगत र संरचनागत सुधारका महत्वपूर्ण विषयलाई यसले समेटेको छ”, उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य सीताकुमारी सुन्दासले प्रदेशको समग्र विकासको अवधारणालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको बताउनुभयो । उहाँले करको दायरा फराकिलो पार्दै राजस्व सङ्कलनलाई वृद्धि गर्ने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य सुशीला सिम्खडाले नीति तथा कार्यक्रममा ठोस र मूर्त विषय आउन नसकेको धारणा राख्नुभयो । “महिलालगायत सीमान्तकृत वर्ग र समुदायको उत्थानका लागि स्पष्ट कार्यक्रम छैन”, उहाँले भन्नुभयो, “घोषणा गरिएका कार्यक्रम कार्यान्वयन हुने ठोस आधार पनि देखिँदैन, स्वास्थ्यलगायतका क्षेत्रमा मानव संसाधनको विषयलाई नीति तथा कार्यक्रमले समेट्न सकेको छैन ।”

प्रदेशसभा सदस्य महेश भट्टराईले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नेगरी नीति तथा कार्यक्रम आएको बताउनुभयो । उहाँले आत्मनिर्भर र समुन्नत गण्डकी प्रदेशको आधार तयार हुँदै गएको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले लगानीका क्षेत्र स्पष्ट किटान गर्नुपर्ने बताउनुभयो । महत्वकाङ्क्षी नभई कार्यान्वयनयोग्य कार्यक्रम मात्र बजेटमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले मन्त्रालयहरूले बजेट विनियोजनमा कुशलता देखाउनुपर्ने बताउनुभयो । “नीति तथा कार्यक्रममा आएका विषयलाई बजेटले कसरी सम्बोधन गर्छ त्यो महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “यसमा आएका सोच र दृष्टिकोणलाई कार्यान्वयन गर्न स्रोतको सुनिश्चितता हुनु जरूरी छ ।”

आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य लक्ष्मणबहादुर पाण्डे, राजकुमारी भुजेललगायतले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार