कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पासाङ ल्हामु राजमार्गका लागि १९ करोड बजेट विनियोजन, अर्जुन नरसिंह केसीको पहल निर्णायक

नेता केसीको एकल प्रयास र निरन्तर दबाबकै कारण अन्ततः आगामी वर्षका लागि १९ करोड रुपैयाँ विनियोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नुवाकोट, जेठ १८ । नुवाकोट जिल्लाको सबैभन्दा पुरानो र ऐतिहासिक सडकमार्ग पासाङ ल्हामु राजमार्गका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बालाजु–बेतिनी–पिपलटार–बेत्रावती सडक खण्डमा पर्ने यो राजमार्गलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार कार्यक्रममार्फत बजेट उपलब्ध गराइएको हो।

यो बजेट विनियोजन नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीको कूटनीतिक पहलपछि सम्भव भएको हो। बजेट भाषण अघि नै संसदमा बोल्दै नेता केसीले पासाङ ल्हामु राजमार्गलाई बजेट नदिइए बजेट पुस्तिका नै च्यात्ने चेतावनी दिएका थिए। उनले सो सडकलाई प्राथमिकतामा राख्न अर्थमन्त्री विष्णु पौडेलसँग व्यक्तिगत रुपमा भेटघाट गरी सिफारिससमेत गरेका थिए।

नेता केसीको एकल प्रयास र निरन्तर दबाबकै कारण अन्ततः आगामी वर्षका लागि १९ करोड रुपैयाँ विनियोजन गरिएको हो। योजना महाशाखाका एक वरिष्ठ अधिकारीले नुवाकोट पुकारसँग कुरा गर्दै भने, “यो सडक धेरै महत्त्वपूर्ण छ, अहिलेको बजेट पर्याप्त नहुन सक्छ तर यसलाई बहुवर्षीय योजनाका रूपमा अगाडि बढाउन सकिन्छ। आवश्यकता अनुसार थप बजेट पनि व्यवस्था गर्न सकिन्छ।”

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा बालाजु–रानीपौवा खण्डका लागि मात्रै बजेट विनियोजन गरिएको थियो। रानीपौवादेखि पिपलटारसम्मको ३८ किलोमिटर सडक भने बजेटविहीन बनेको थियो। उक्त निर्णयको विरोध पनि संसदमै नेता केसीले सार्वजनिकरूपमा गरेका थिए।

पासाङ ल्हामु राजमार्ग नुवाकोट जिल्लाको पहिलो र सबैभन्दा पुरानो सडक भएपनि राजनीतिक चासोको कमीका कारण वर्षौंसम्म यसले गति लिन सकेको थिएन। २०६८ सालमा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले सडक निर्माणको ठेक्का लिए पनि काम गर्न नसक्दा ठेक्का प्रक्रिया रद्द गरिएको थियो। त्यसयता सडक निर्माणका कामहरू पूर्णतः ठप्प थिए।

हाल भने बालाजुदेखि रानीपौवासम्मको १४ किलोमिटर खण्डमा स्तरोन्नति तथा कालोपत्रेको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। कुल ८३ करोड ३१ लाख रुपैयाँको ठेक्कामा दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। कम्पनीले तोकिएको समयभन्दा दोब्बर गतिमा काम भइरहेको दाबी गरेको छ।

रानीपौवादेखि पिपलटार खण्डको अवस्था भने अझै नाजुक छ। पिपलटारबाट गल्छी–रसुवागढी सडक जोडिने भएकाले त्यो खण्डमा भने चार लेनको स्तरीय सडक निर्माण भइसकेको छ। तर पिपलटार–रानीपौवा खण्डले अझैसम्म पनि व्यापक सुधारको बाटो पर्खिरहेको छ।

सरकारको तर्फबाट भएको बजेट विनियोजनसँगै अब पासाङ ल्हामु राजमार्गमा पुनः जीवनसञ्चार हुने अपेक्षा गरिएको छ। बहुवर्षीय योजनाका रूपमा अघि बढाइने भए पनि यस्ता पुराना, ऐतिहासिक र सामरिक महत्व बोकेका सडकहरूमा राजनीतिक नेतृत्वको चासो र स्थायी लगानी अपरिहार्य देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार