काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको गतिरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।
सभामुख घिमिरेले संघीय संसद् सचिवालय सिंहदरबारमा आज नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको हो ।
बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरुबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरेपनि निकास नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीका राजीनामा र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । सत्तापक्ष दलहरूले भने प्रतिपक्षी दलहरूको मागमा सहमत हुन नसकिने अडान राख्दै आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया