असार २०, २०८२ शुक्रबार July 4, 2025

युद्दको बिचमा नै हतियार बेचेर इजरायलले कमायो १५ बिलियन

गाजा, सिरिया, लेबनानजस्ता धेरै मोर्चामा लड्दा पनि इजरायलले आफ्नो सुरक्षा मात्र कायम राखेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २७ जेठ । विश्वमा चलिरहेका दुई युद्ध रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्धले हामीलाई अप्रत्याशित नतिजा दिएर चकित बनाइरहेको छ।

एकातिर सन् २०२४ इजरायलका लागि युद्धको वर्ष थियो भने अर्कोतर्फ हतियार अर्थतन्त्रका लागि ‘बम्पर नाफा’को वर्षको रूपमा इतिहास कायमसमेत गरेको थियो ।

विश्वव्यापी आलोचनाका बिचमा गाजा युद्ध, लेबनान र सिरियाको द्वन्द्वका बावजुद इजरायलले यस वर्ष हतियार बजारमा धेरै देशलाई उछिन्दै १४.८ बिलियन अमेरिकन डलरको हतियार बिक्री गरेको छ । कुनै समय विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता रहेको रुस यस दौडमा ९२ प्रतिशतले पछि परेको छ।

इजरायलको रक्षा मन्त्रालयको प्रतिवेदन अनुसार २०२४ मा रक्षा निर्यातमा १३ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार सन् २०२३ मा निर्यात १३ बिलियन डलर रहेकोमा सन् २०२४ मा १४.८ बिलियन डलर पुगेको छ । तर,  जेम्सटाउन फाउन्डेसनले रिपोर्ट गरेको छ कि रूसको हतियार बिक्री २०१९–२०२१ को बीचमा आधा र २०२१–२०२४ बीच ९२ प्रतिशतले घटेको छ।

सन २०२४ मा इजरायलको हतियार बिक्री ५४ प्रतिशत त युरोपमा मात्रै थियो, जुन २०२३ मा ३५ प्रतिशतमा सिमित थियो। सबैभन्दा ठूलो सम्झौता एरो–३ मिसाइल रक्षा प्रणालीको लागि जर्मनीसँग ३.८ बिलियनमा सम्झौता भएको थियो, जसले युरोपमा इजरायली प्रविधिको ढोका खोलेको थियो । युरोपेली देशहरूले आफ्नो सुरक्षा र सैन्य क्षमता बलियो बनाउन रुसको सट्टा इजरायलबाट हतियार लिन थालेका छन् ।

जसअनुसार युद्दको बिचमा पनि इजरायलले मिसाइल, वायु रक्षा प्रणाली र रकेट ४८.५ प्रतिशत, बख्तरबंद सवारीसाधन ९ प्रतिशत, मानवसहित विमान ८ प्रतिशत, साइबर र खुफिया प्रणाली ४ प्रतिशत, ड्रोन र युएभीएस १ प्रतिशतलगायत निर्यात गरेर नयाँ रेकर्ड कायम गरेको छ।

विश्व बजारमा इजरायलको हिस्सा ३ दशमलव १ प्रतिशत मात्रै भए पनि यसको वृद्धिदर सबैभन्दा छिटो भएको मानिएको छ । गाजा, सिरिया, लेबनानजस्ता धेरै मोर्चामा लड्दा पनि इजरायलले आफ्नो सुरक्षा मात्र कायम राखेको छैन, विश्वभर हतियार बेचेर ठूलो नाफा पनि कमाइरहेको तथ्यांकले देखाएको छ । तुलनात्मक रूपमा रूस पनि युद्धमा फसेको छ तर सँगसँगै यसको हतियार बजार भने संकुचित भइरहेको छ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार