कार्तिक २२, २०८३ आइतबार November 8, 2026

एलएल.एम. चाैथो सेमेष्टरकाे परीक्षा फाराम भर्ने समयसिमा तोकियो (सूचना हेर्नुहोस्)

परीक्षा आगामी असार १२ देखि २३ भित्र सञ्चालन हुने निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, जेठ २९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसले स्नातकोत्तर तह एलएल.एम. चाैथो सेमेष्टर (विधा तथा विधिविज्ञान) समुहका विधार्थीहरूको अन्तिम परीक्षा नजिकिएसँगै परीक्षा फाराम बुझाउने समयसिमा तोकेको छ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट मिति २०८२/०१/१२ मा प्रकाशित कार्यक्रमअनुसार, परीक्षा आगामी २०८२/०३/१२ देखि २०८२/०३/२३ भित्र सञ्चालन हुने निश्चित भएको छ।

नेपाल ल क्याम्पसले परीक्षा फाराम भर्ने कार्यका लागि अन्तिम समय असार ४ गतेसम्म (२०८२/०४/०४) तोकेको छ। परीक्षा दस्तुर सहित भर्नुपर्ने फारामहरू सम्बन्धित विद्यार्थीहरूले समयमै बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ। साथै, हालसम्म अध्ययन गरेर परीक्षाको लागि योग्य भए पनि नियमित रुपमा परीक्षा फाराम नबुझाउने विधार्थीहरूलाई परीक्षा दिन अनुमति नहुने स्पष्ट गरिएको छ।

सूचना हेर्नुहोस्ः

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया