माघ २४, २०८२ शनिबार February 7, 2026

प्रविधिको प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी छ : गृह मन्त्री लेखक

मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रुपमा बढी बजेट विनियोजन गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रुपमा बढी बजेट विनियोजन गरेको गृह मन्त्री लेखकको भनाइ छ ।

वर्षभरका लागि तलव, पोशाक, रासनको एकमुष्ट बजेट विनियोजन गरिएको उनको दाबी छ । अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय, ल एण्ड अर्डर मेण्टन गर्न, शान्ति सुरक्षा कायम गर्न, आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुन नदिने बताए ।

गृह मन्त्री लेखकले बढी भन्दा बढी प्रविधिको प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको उनले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया