असार २५, २०८२ बुधबार July 9, 2025

विप्रेषण सहज रुपमा झिक्न पाउने व्यवस्था गर : राष्ट्र बैंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको विप्रेषण सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन विप्रेषण सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले शुक्रवार विप्रेषण कम्पनीलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकले पठाउने पैसा सहज रुपमा झिक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीले परिवारका लागि पठाएको पैसा भुक्तानीका लागि विप्रेषण सेवा प्रदायकको काउन्टर खोल्न पनि निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमणको जोखिम बढेर गएपछि बिहीवारदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी रहेको समयमा सहज रुपमा विप्रेषण पाउन् भन्ने ध्येयका साथ काउन्टर खोल्न निर्देशन दिइएको विज्ञप्तिमा बताइएको छ ।

विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी नपाउदा घरव्यवहार चलाउन समस्या पर्ने भएकाले स्थानीय प्रशासनसँगको सहमतिमा वा निषेधाज्ञा लगायतका आदेशको पूर्ण रुपमा परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न बैंकले आग्रह गरेको छ ।

त्यस्ता काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग जोडिएका सबै उपाय अवलम्बन गर्न समेत भनेको छ । स्थानीय प्रशासनसँग समन्वय गरेर आलोपालो मिलाई सकेसम्म कम भन्दा कम कर्मचारीको उपस्थितीमा विप्रेषण भुक्तानीको व्यवस्था गर्न जारी निर्देशनमा भनिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी विप्रेषण फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्न समेत केन्द्रीय बैंकले सबैलाई आग्रह गरेको छ । कारोबारलाई सकेसम्म विद्युतीय गर्न र स्वास्थ्य समबन्धी मापदण्डको पूर्ण परिपालना गर्न भनिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार