कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सानो पाइला सहकारी प्रकरणमा रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता

लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ र छविलाल जोशीविरुद्ध ७ करोड २० लाख रुपैयाँ बिगो माग दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । रास्वपाका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी अभियोगमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

पर्सा जिल्ला अदालतका सूचना अधिकारी रामनरेश महतोका अनुसार, जिल्ला सरकारी वकिलको कार्यालय पर्साले जेठ ३० गते अदालतमा मुद्दा दायर गरेको हो। सो सहकारी संस्थाबाट १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै अभियोगपत्र दर्ता गरिएको छ।

अभियोगपत्रमा रवि लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ र छविलाल जोशीविरुद्ध ७ करोड २० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख १४ गते अनुसन्धान सकाएर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। प्रतिवेदनमा प्रहरीको निष्कर्षअनुसार सानो पाइला सहकारी संस्थाबाट २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ २९ पैसाको अपचलन पुष्टि गरिएको थियो।

अनुसन्धानका क्रममा सहकारीको रकम गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार, काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३९५ रुपैयाँ, र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको फेला परेको थियो।

वीरगञ्जको सानो पाइला सहकारी संस्थामा बचत गरेका ४३८ जना बचतकर्ताले रकम अपचलन भएको भन्दै जाहेरी दिएका थिए। २०८० साउन २१ गते ५२ जना, भदौ २२ गते २०७ जना, र २०८१ फागुन २ गते १७९ जना बचतकर्ताले पर्सा प्रहरीमा जाहेरी दर्ता गराएका थिए।

सुरुमा प्रहरीको अनुसन्धान सहकारी ठगीमा केन्द्रित रहे पनि संसदीय छानबिन समितिले शुद्धिकरण र संगठित अपराधसमेत अनुसन्धानको दायरामा ल्याउन सुझाव दिएपछि ती तीनवटै आरोपमा अनुसन्धान गरिएको थियो।

रवि लामिछानेलाई पर्सा प्रहरीले मंसिर २४ गते पोखराबाट पक्राउ गरेर भोलिपल्ट मंसिर २५ गते पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो। बयानपछि उनलाई काठमाडौं पठाइएको थियो।

हाल रवि लामिछाने बुटवलको सुप्रिम सहकारी अपचलन प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार