असार २८, २०८२ शनिबार July 12, 2025

युवालाई स्वस्थ बनाउन खेलसँग जोड्नुपर्छ : मन्त्री पौडेल

सबै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्नसके मानिसलाई स्वास्थ्य बनाउन सकिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले युवालाई स्वास्थ्य बनाउन खेलकुद क्षेत्रसँग जोड्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–२६ ले आजदेखि आयोजना गरेको ‘काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता–२०८२’ को आज साँझ उद्घाटन गर्दै उहाँले सुखी बन्नका लागि नियमित खेलकुद र शारीरिक अभ्यास आवश्यक रहेको बताउनुभएको हो ।

“शारीरिक व्यायम नियमित ग¥यो भने मानिस सुखी र खुसी भएर बाँच्न सक्छ, खेलले मानिसलाई स्वास्थ्य र अनुशासित बनाउँछ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले वडा, पालिका र देश/देशबीचलाई खेलकुद क्षेत्रले जोडेको बताउनुभयो ।

मन्त्री पौडेलले सबै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्नसके मानिसलाई स्वास्थ्य बनाउन सकिने उल्लेख गर्नुभयो । राष्ट्रिय पहिचानका लागि खेलकुद क्षेत्रमा लगानी आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्यमन्त्री पौडेलले कुनै पनि संस्थाले दिने सामाजिक उत्तरदायित्वको रकम खेलकुद क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले खेलकुद क्षेत्रबाट प्रतिस्पर्धा मात्र नभएर आत्मीयतासमेत बढ्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाले केन्द्रीकृत मात्र होइन विकेन्द्रीकरण गर्नुपर्छ भनेर वडा कार्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

वडालाई सक्षम बनाउने गरी महानगरपालिकाले नीति, बजेट र कार्यक्रम बनाउँदै आएको उहाँको भनाइ थियो । उपप्रमुख डङ्गोलले स्वास्थ्य, अनुशासित र टिमवर्कमा काम गर्न खेलकुद क्षेत्रले सिकाउने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनुभयो । “वडाभित्र फुटसल, टेबुल टेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएको कारण पनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो”, उहाँले भन्नुभयो । वडाले खेल क्षेत्रको विकासका लागि चालू आवमा रु ३५ लाख रकम विनियोजन गरेको वडाध्यक्ष तिवारीको भनाइ थियो ।

काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता–२०८२ का संयोजक प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौँभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहेको बताउनुभयो । प्रतियोगितामा फुटसल, टेबुल टेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उहाँको भनाइ थियो ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, उपविजेता टिमलाई रु ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु १० हजारका दरले प्रदान गरिने वडाले जनाएको छ ।

यसैगरी, तेक्वान्दो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टिमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार र उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।

यस्तै, डब्लुकेएफ कराँते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ३० हजार, १५ हजार र १० हजार प्रदान गरिनेछ र टिम विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, २५ हजार र २० हजार प्रदान गरिने बताइएको छ । करातेको आइकेयुतर्फ प्रथम, द्वितीय, तृतीय र शान्तनालाई क्रमशः १० हजार, आठ हजार, छ हजार र पाँच हजार प्रदान गरिनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार