भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

हाल ४५ बिलियनको चिपको ब्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

सिलिकन भ्यालीमा आधारित कम्पनीले एआई चिपको बजार वार्षिक रूपमा ६० प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ असार । अग्रणी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन् २०२८ सम्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरको बजार ५०० बिलियन डलर नाघ्ने दावी गरेका छन् ।

सिलिकन भ्यालीमा आधारित कम्पनीले एआई चिपको बजार वार्षिक रूपमा ६० प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा गरेको छ । यसरी सन् २०२३ मा ४५ अर्ब डलर रहेको बजार सन् २०२८ सम्ममा बढेर ५०० अर्ब डलर पुग्ने उनको दावी छ ।

‘हामीले आज जे देखिरहेका छौं त्यसको आधारमा, म तपाईलाई भन्न सक्छु कि यो संख्या २०२८ सम्म ५०० बिलियन बराबरको कारोबार नाघ्नेछ’ सुले भने। कार्यक्रममा कम्पनीले  ‘एमआई ३५० सिरिज’ को ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र अन्य धेरै उत्पादनहरु पनि प्रस्तुत गरेको थियो ।

सुले भर्खरै ल्याएको चिप छनोट गर्नु ग्राहकका लागि फाइदाजनक हुनेसमेत बताएका छन् । । उनले यी चिप्सले प्रति डलरमा ४० प्रतिशत बढी क्षमता रहेको दाबीसमेत गरेका छन्। एनभिडिया कम्पनीको सामान्यतया ‘जिपीयु’ बजारमा स्थापित मानिन्छ र यसको चिप्सको माग पनि धेरै छ। यसको चिपको लागि प्रतिक्षा अवधि पनि रहेको हुन्छ।

एएमडी प्रमुखले भने कि सबैभन्दा ठूलो भारतीय टेलिकम कम्पनी रिलायन्स जियोसहित १० ठूला एआई ग्राहकहरू मध्ये सात कम्पनिले हाल एएमडी इन्स्टिंक्ट एक्सेलेटर प्रयोग गरिरहेका छन्। यस अवसरमा कम्पनीले डेभलपर क्लाउड एक्सेस प्रोग्राम पनि सुरु गर्‍यो, जस अन्तर्गत यसले विकासकर्ता समुदायलाई आफ्ना प्रस्तावहरूमा प्रत्यक्ष पहुँच गर्न अनुमति दिनेछ। एजन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार