बैसाख ८, २०८३ मंगलबार April 21, 2026

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई उर्जामन्त्रीको ‘ब्रिफिङ’

१४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् तथा १२६ मेघावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ, २ असारः राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी दिनुभएको छ ।

मन्त्री खड्काले आज उहाँलाई १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् तथा १२६ मेघावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी गराउनु भएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

निर्माणाधीन सबै आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया