असार २८, २०८२ शनिबार July 12, 2025

‘नेपाली काँग्रेसभित्र अनुशासन हराउँदै गएको छ’ : सहमहामन्त्री राठौर

पार्टी पदाधिकारीबाटै गुटको राजनीति गर्दै पार्टीभित्र अराजकता बढाइरहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको बताएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ बाँके क्षेत्र नं २ ले आज नेपालगञ्जमा आयोजना गरेको नयाँ कार्यसमिति घोषणा सभामा सहमहामन्त्री राठौरले पार्टी पदाधिकारीबाटै गुटको राजनीति गर्दै पार्टीभित्र अराजकता बढाइरहेको आरोप लगाए ।

“पार्टीभित्र अराजकता बढाउने काम भइरहेको छ, विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरूलाई अराजकता गर्ने छुट छैन”, उनले भने, “लावालस्कर र हो हल्ला गरेर पार्टी चल्दैन र लोकप्रिय पनि भइँदैन ।”

नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ मा सुरेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सत्र सदस्यीय कार्यसमिति घोषणा गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा सम्सुद्दिन खाँ, सचिवमा विजय मल्ल, सह सचिवमा विजयरत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार