असार २०, २०८२ शुक्रबार July 4, 2025

इरानद्वारा नयाँ अर्थमन्त्री नियुक्त

मदनीजादेहले २९० सदस्यीय संसद्मा उपस्थित सांसदको पक्षमा १७१ विपक्षमा ६१ मत पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान । बढ्दो मुद्रास्फीति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग जुध्न मन्त्री परिषद्ले नियुक्त गरिएका अली मदनी जादेहलाई सोमबार नयाँ अर्थमन्त्रीका रूपमा अनुमोदन गरेको छ ।

इरानका पूर्ववर्ती अब्दोलनासेर हेम्मातीलाई आर्थिक समस्या समाधान गर्न असफल भएको भन्दै अविश्वासको प्रस्तावमा सत्ताच्युत गरिएको केही महिनापछि ४३ वर्षीय मदनीजादेहलाई इरानको अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।

सरकारी टेलिभिजनका अनुसार मदनीजादेहले २९० सदस्यीय संसद्मा उपस्थित सांसदको पक्षमा १७१ विपक्षमा ६१ मत प्राप्त भएको छ भने आठ सांसद अनुपस्थित रहेका छन् ।

इरानको अर्थतन्त्र लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण तनावमा रहेको छ, जसले लगातार दोहोरो अङ्कको मुद्रास्फीति र बढ्दो उपभोक्ता मूल्यलाई बढावा दिएको छ।

गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानमाथि ‘अधिकतम दबाब’ दिने प्रतिबन्ध अभियानलाई पुनः सुरु गर्नुभएको थियो ।

आर्थिक सङ्कटको सामना गरिरहेको इरानमा अहिले इजरायलसँगका क्षेत्रीय द्वन्द्वको  नाटकीय वृद्धिले इरानलाई सङ्कट समाधानका लागि तत्काल नयाँ व्यक्ति ल्याउन बाध्य पारेको देखिन्छ ।

गत शुक्रबारदेखि इजरायलले इरानको सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रलाई लक्षित गरी इरानमाथि व्यापक आक्रमण गरेको छ ।

यस आक्रमणमा परी शीर्ष सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ जनाको मृत्यु भएको छ ।

इरानले त्यसको जवाफमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरी इजरायलमा कम्तीमा २४ जनाको ज्यान लिएको प्रधानमन्त्री कार्यालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

इरानले इजरायललाई मान्यता दिँदैन र लामो समयदेखि उसले आफ्नो आणविक केन्द्रविरुद्ध विध्वंसकारी अभियान चलाएको र आफ्ना वैज्ञानिकहरूको हत्या गरेको आरोप लगाउँदै आएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार