कार्तिक २२, २०८३ आइतबार November 8, 2026

एसइई नतिजा असार तेस्रो साता प्रकाशन गर्ने तयारी

परीक्षार्थीको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने काम धमाधम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ ।

विद्यालय तहका शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई भएकाले यस पटक नतिजा गत वर्षभन्दा केही दिन ढिलो हुन लागेको हो । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईका अनुसार अहिले अघिकांश जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भएर प्राप्ताङ्क केन्द्रमा आइसकेको छ । परीक्षार्थीको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने काम भइरहेको छ ।

बोर्डले यसअघि परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो । नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँकेन्द्रित सडक प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षण झन्डै एक महिना ढिलो गरी सुरु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया