असार २८, २०८२ शनिबार July 12, 2025

चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला

खोरेत सार्ने सात प्रकारका भाइसमध्ये ‘सेरोटाइप ए’ लाई खतरनाक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका घरपालुवा चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमुना जाँच गर्दा सङ्क्रमण फेला परेको हो ।

तीन वर्षपछि खोरेत सार्ने ‘सेरोटाइप ए’ को भाइरस फेला परेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले बताउनुभयो । तीन वर्षअघिसम्म चौपायामा खोरेत सार्ने यो भाइरस नदेखिएको उल्लेख गर्दै उहाँले यो विषाणुजन्य सङ्क्रमणबाट खुरफट्टा चौपायमा देखिने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खोरेत सार्ने सात प्रकारका भाइसमध्ये ‘सेरोटाइप ए’ लाई खतरनाक मानिन्छ, यस भाइरसबाट चौपाया छिटो सङ्क्रमित हुने गर्दछन् ।” खोरेत सेरोटाइप ए, ओ, सि, सेट-१, सेट-२, सेट-३ र एसिया-१ नामक भाइरसबाट चौपायामा सर्ने गर्दछ ।

उहाँका अनुसार धेरैजसो चौपायामा ‘सेरोपाइप ओ’ प्रकारको खोरेत देखिने गरेको छ । जङगली जनावर वा भारतीय जनावरको सम्पर्कबाट ‘सेरोटाइप ए’ भाइरस गाईभैँसी तथा चौपायामा सङ्क्रमण भएको हुनसक्ने उहाँको भनाइ छ ।

“प्रयोगशालामा खोरेत लागेका चौपायाको नमुना परिक्षण गर्दा ‘सेरोटाइप ए’ भाइरस पाइएको छ”, जोशीले भन्नुभयो, “सो नमुनाको पिसिआर परीक्षणका लागि खोरेत तथा सीमाविहीन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला चपली, बूढानीलकण्ठ, काठमाडौँमा पठाएका छौँ, नतिजा आउन बाँकी छ ।”उहाँका अनुसार चौपायमा खोरेत विशेषगरी गाई, भैँसी, बाख्रा, सुँगुरजस्ता खुरजाने जनावरमा देखापर्ने गर्दछ ।

“सेरोटाइप एले चौपायामा तीव्र सङ्क्रमण गराउने र रुप बदल्ने क्षमता राख्ने गर्दछ”, वरिष्ठ पशु चिकित्सक जोशीले भन्नुभयो, “यस भाइरसले चौपायाको खुट्टा, मुख, थुतुनो, थुनलगायतमा दाग, फोका र घाउ बनाउने गर्दछ । सङ्क्रमण भएमा चौपायामा ज्वरो आउने, ¥याल फाल्ने, गर्भिणी चौपाया तुहिने, सँगै स-साना पाडापाडी, बाच्छाबाच्छी र पाठापाठी मर्ने सम्भावना रहन्छ ।”

योसँगै दूध उत्पादनमा गिरावट, जनावरको वजन घट्ने, प्रजनन प्रणालीमा असर पर्ने सँगै पशुको प्रजनन क्षमताका ह्रास आउने गर्दछ । रोग नियन्त्रणको मुख्य उपाय रोग लाग्नुअघि चौपायालाई एफएमडी भ्याक्सिन कम्तीमा छ देखि १२ महिनामा एकपटक दिनुपर्ने चिकित्सक जोशीको भनाइ छ ।

खोरेतको सङ्क्रमण भएका पशुलाई छुट्याउने, पशुको ओसारपसार नियन्त्रण गर्ने, गोठ, पशु, औजार, हात कपडा सफा गर्नेलगायत कार्य गरे अरु चौपायालाई खोरेतको सङ्क्रमणबाट जोगाउन सकिन्छ । खोरेत सर्न नदिन प्रदेश र स्थानीय तहको समन्वयमा भ्याक्सिनेसनको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

“रोगको सङ्क्रमण देखापरेको क्षेत्र वरिपरिका सङ्क्रमित नभएका चौपायालाई भ्याक्सिन लगाउने काम गरिरहेका छौँ”, शुक्लाफाँटा नगरपालिका पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले भन्नुभयो, “पशु प्राविधिकलाई किसानको घरदैलोमा खटाएर निःशुल्क रूपमा भ्याक्सिन लगाउन खटाएका छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार