असार २८, २०८२ शनिबार July 12, 2025

भिजिट भिसा प्रकरणमा रास्वपाको रणनीति फेरबदल, कार्यदल र समन्वय टोली गठन

संसदसँग समन्वय गर्ने जिम्मेवारी सांसद विराजभक्त श्रेष्ठ र सन्तोष खनाललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार ३ । गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो विरोधको शैलीमा परिवर्तन ल्याउने निर्णय गरेको छ। अबदेखि रास्वपा सांसदहरूले प्रतिनिधि सभामा रचनात्मक तरिकाबाट विरोध जनाउने भएका छन्।

अहिलेसम्म रास्वपाले संसद बैठकमा बोल्न पाउने क्रममा मन्तव्य दिएपछि रोस्ट्रम घेराउ गर्दै नाराबाजी गर्दै आएको थियो। नाराबाजीका क्रममा थकित सांसदहरूले रोस्ट्रमअघि भुइँमै बसेर विरोध प्रकट गर्ने गरेका थिए।

तर अब पार्टीले विरोधलाई संस्थागत र परिणाममुखी बनाउन रचनात्मक ढंग अपनाउने निर्णय गरेको हो। आन्दोलनको प्रभाव मूल्याङ्कन गर्न र रणनीति तय गर्न रास्वपाले एक कार्यदलसमेत गठन गरेको छ।

कार्यदलमा सुमना श्रेष्ठ, मनिष झा, शिशिर खनाल, असिम शाह र निशा डाँडीलाई समावेश गरिएको छ। यिनले आन्दोलनको समीक्षा, मूल्यांकन र भावी रणनीति तय गर्ने जिम्मेवारी पाएका छन्।

साथै, आन्दोलन परिचालनको नेतृत्व सांसद हरि ढकाललाई दिइएको छ भने संसदसँग समन्वय गर्ने जिम्मेवारी सांसद विराजभक्त श्रेष्ठ र सन्तोष खनाललाई दिइएको पार्टीले जनाएको छ।

रास्वपाले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालय र मन्त्री लेखकको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै आएको छ। सो मुद्दामा छानबिन समिति गठन नहुँदासम्म संसद नचल्न दिने चेतावनी दिंदै आएको रास्वपाले अब आफ्नो विरोध अझै विवेकी र रणनीतिक ढंगले अघि बढाउने संकेत दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार