काठमाडौँ, असार ४ गते । आगामी सिजनका लागि इंग्लिस प्रिमियर लिग (EPL) को २०२५/२६ सिजनको खेल तालिका बुधबार सार्वजनिक गरिएको छ। नयाँ सिजनको उद्घाटन खेलमा साविक विजेता लिभरपुलले बर्नमाउथ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
अगस्ट १५ मा एनफिल्ड रंगशालामा हुने उक्त खेलबाट EPL को नयाँ सिजनको औपचारिक सुरुवात हुनेछ।
यस सिजनका लागि विशेष ध्यानको विषय बनेको टोली सन्डरल्यान्डले २०१६/१७ सिजनपछि पहिलो पटक शीर्ष डिभिजनमा फर्किएको हो। सन्डरल्यान्डले वेस्ट ह्यामसँग आफ्नै घरेलु मैदानमा सिजनको पहिलो खेल खेल्नेछ।
त्यस्तै, च्याम्पियनसिप विजेता लिड्स युनाइटेडले अगस्ट १८ मा एभर्टनको सामना गर्दै सिजनको सुरुवात गर्नेछ।
अर्कोतर्फ, पहिलो प्रयासमै पुनः प्रिमियर लिगमा बढुवा हुन सफल बर्नलीले भने युरोपा लिग विजेता टोटनहमसँग प्रतिस्पर्धा गर्दै EPL पुनरागमन गर्नेछ।
नयाँ सिजनको तालिकाले विभिन्न नवप्रवेशी तथा शीर्ष टोलीहरूबीचको प्रतिस्पर्धा कस्तो हुने हो भन्ने उत्सुकता बढाएको छ। EPL फ्यानहरू नयाँ खेल, नयाँ टोली र नयाँ संघर्ष हेर्न आतुर छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया