असार २०, २०८२ शुक्रबार July 4, 2025

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

राष्ट्रिय सभाको अर्को बैठक यही असार ९ गते सोमबार अपराह्न १ः१५ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, ५ असारः राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभाअध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उहाँहरुको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरेको छ ।
विसं २०१३ चैत १० गते मुस्ताङमा जन्मनुभएका संविधानसभा सदस्य जुहारचनको ६९ वर्षको उमेरमा यही जेठ २९ गते निधन भएको थियो ।  स्व जुहारचन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट संविधानसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो ।
यस्तै, विसं १९९३ मा अर्घाखाँचीमा जन्मनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउद्योगमन्त्री  शास्त्रीको यही असार २ गते निधन भएको थियो । नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट उहाँ निर्वाचित हुनुभएको थियो ।
सभाको आजकै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसअघि, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नुभएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक यही असार ९ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार