असार २०, २०८२ शुक्रबार July 4, 2025

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन

पछिल्ला दिनहरूमा दुवैतर्फबाट आक्रमण जारी रहँदा दुवै पक्षले हताहत भएको रिपोर्ट गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्ट पिटर्सबर्ग, ५ असार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलको सुरक्षा चिन्तालाई सम्बोधन गर्दै रुस इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न तयार रहेको बताएका छन् ।

विशेष विवरणहरू खुलासा नगरी उनले रुसले यस विषयमा इजरायली र अमेरिकी अधिकारीहरूसँग विस्तृत छलफल गरेको र आफ्ना इरानी समकक्षहरूलाई प्रस्तावहरू पठाएको पुष्टि गरे ।

“सामान्यतया, शान्तिपूर्ण आणविक ऊर्जामा इरानको चासो पूरा गर्न र एकै समयमा आफ्नो राष्ट्रिय सुरक्षाको बारेमा इजरायलको चिन्तालाई सम्बोधन गर्न सम्भव छ”, उनले भने ।

पुटिनले रुसले इरानको आणविक गतिविधिहरू वरपर चलिरहेको तनावको ‘सम्भावित समाधान’ प्रस्ताव गरेको उल्लेख गरे तर अन्तिम निर्णय संलग्न देशहरूको राजनीतिक नेतृत्वमा रहेको कुरामा जोड दिए ।

उनले रूस र इरानबीचको उच्च स्तरको विश्वासले कृषि र औषधिमा प्रयोगसहित आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगमा उत्पादक सहयोगका लागि अनुमति दिने बताए ।

पुटिनले बुसेहर आणविक ऊर्जा संयन्त्रको निर्माण कार्य सम्पन्न गर्नेसहित इरानको नागरिक आणविक कार्यक्रममा रुसको लामो समयदेखि रहेको संलग्नतालाई पनि स्मरण गरे । मूल रूपमा जर्मन फर्महरूद्वारा डिजाइन गरिएको यो परियोजना पछि रुसको राज्य आणविक निगम, रोसाटमद्वारा पूरा गरिएको थियो ।

“यो एउटा चुनौती थियो, किनकि हामीले जर्मन डिजाइनलाई रूसी मापदण्डमा अनुकूलन गर्नुप¥यो । तर हामी सफल भयौँ र प्लान्ट सफलतापूर्वक सञ्चालन भइरहेको छ” उनले भने ।

उनले रुसले बुसेहरमा दुई अतिरिक्त रिएक्टर एकाइहरू निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको र हाल दुई सयभन्दा बढी रूसी विशेषज्ञहरू साइटमा काम गरिरहेको पुष्टि गरे । जारी निर्माण प्रयासमा सुरक्षा सुनिश्चित गर्न मस्कोले इजरायली अधिकारीहरूसँग सम्झौता गरेको उनले बताए ।

जुन १३ मा इजरायलले इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै अपरेसन ‘राइजिङ लायन’ सुरु गरेपछि इजरायल र इरानबीच तनाव बढेको छ । इरानले जवाफी हमला गरेर प्रतिक्रिया दिएको छ । पछिल्ला दिनहरूमा दुवैतर्फबाट आक्रमण जारी रहँदा दुवै पक्षले हताहत भएको रिपोर्ट गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार