असार २०, २०८२ शुक्रबार July 4, 2025

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित

एट्लेटिकोले घरेलु टोली सिएटल साउन्डर्स एफसीविरुद्ध ३–१ को जित निकाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ६ असार । स्पेनिस क्लब एट्लेटिको मड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।

बिहीबार राती लुमेन फिल्डमा सम्पन्न खेलमा एट्लेटिकोले घरेलु टोली सिएटल साउन्डर्स एफसीविरुद्ध ३–१ को जित निकालेको हो ।

एट्लेटिकोलाई जित दिलाउन पाब्लो बारिओरले दुई तथा एक्सल बिट्सलले एक गोल गरे भने सिएटलका लागि अल्बर्ट रुस्नाकले गोल फर्काएका थिए ।

खेलको ११औं मिनेटमा बारिओरको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो भने ४७ औं मिनेटमा बिट्सलले टोलीको अग्रता दोब्बर बनाए तर रुस्नाकले ५० औं मिनेटमा गोल गर्दै सिएटललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर पाँच मिनेटपछि नै बारिओरले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई सहज जित दिलाए ।

जितसँगै एट्लेटिकोले समूह ‘सी’ मा दुई खेलबाट तीन अंक जोडेको छ । दुवै खेलमा पराजित सिएटल अंकविहिन छ। पहिलो खेलमा एट्लेटिको पेरिस सेन्ट जर्मन ९पिएसजी० र सिएटल बोटाफोगोसँग पराजित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार