काठमाडौं । इरान र इजरायलबीचको युद्ध चर्किदै गएको छ । इजरायलले इरानको खोन्डब न्युक्लियर रिएक्टरमा आक्रमण गरेको थियो ।
त्यसभन्दा केही घण्टाअघि इजरायलले अराक न्युक्लियर रिएक्टरमा पनि आक्रमण गरेको थियो । दुवै प्लुटोनियम बनाउनका लागि प्रयोग हुने हेभी वाटर रिएक्टर हुन् । यता इरानले इजरायलको च्यानल १४ लाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मुखपत्र बताउँदै उक्त च्यानलको कार्यालयमा आक्रमण गर्ने धम्की दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सात दिनको लडाइँमा अहिलेसम्म इजरायलमा २४ जना मारिएका छन् ६ सय भन्दा बढी घाइते भएका छन् । यता इरानमा ६ सय ३९ जना मारिएका छन् भने १३ सय २० जनाभन्दा बढी घाइते भएका छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया