मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

बायर्न म्युनिख फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश

बोका जुनियर्स १ अंकसहित तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जर्मन क्लब बायर्न म्युनिखले अर्जेन्टिनी क्लब बोका जुनियर्सलाई २–१ ले पराजित गर्दै फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘सी’ अन्तर्गतको दोस्रो खेलमा बायर्नले दोस्रो जित निकाल्दै लगातार उत्कृष्ट प्रदर्शन जारी राखेको हो।

बायर्नका लागि ह्यारी केन र माइकल ओलिसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। बोका जुनियर्सका मिगुएल मेरेन्टिएलले एक गोल फर्काए पनि बराबरीमा फर्कन सकेनन्। यस जितसँगै बायर्न २ खेलमा ६ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ।

समूहकै अर्को खेलमा पोर्चुगलको बेनफिकाले न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ६–० ले पराजित गर्दै ४ अंक जोडेको छ। बोका जुनियर्स १ अंकसहित तेस्रो स्थानमा छ भने अकल्याण्ड सिटीले खाता खोल्न सकेको छैन।

यसैबीच समूह ‘डी’ अन्तर्गत हिजो सम्पन्न खेलमा इंग्लिस क्लब चेल्सीलाई ब्राजिलियन क्लब फ्लामेंगोले ३–१ ले हराएको छ। क्लब विश्वकपको समिकरण बिस्तारै स्पष्ट बन्दै गइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार