मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

कोशी प्रदेशस्तरीय बास्केटबलको उपाधि सुनसरीलाई

उपविजेता इलामले नगद रु एक लाखसहित ट्रफी र प्रमाणपत्र पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धरान (सुनसरी), ८ असारः कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । धरान बास्केटबल सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा सुनसरीले इलामलाई ८०–७३ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

सुनसरीले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वाटरमा क्रमशः ११, १६, ३१ र २२ अङ्क जोड्दै कुल ८० अङ्क बनाएको थियो भने इलाम क्रमशः २५, १५, ११ र २२ अङ्क जोड्दै कुल ७३ अङ्कमा सीमित रह्यो । प्रतियोगिताको विजेता सुनसरीलाई रु दुई लाख ट्रफी र प्रमाणपत्र प्रदान गरियो । उपविजेता इलामले नगद रु एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुनसरीका सुसन श्रेष्ठ घोषित भए । उनलाई नगद रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरियो । यस्तै, ‘म्यान अफ दी म्याच’ सुनसरीकै कैलाश लिम्बू घोषित भए । प्रतियोगितामा कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटाको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार