काठमाण्डौंः इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि रिचार्ज अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले एकैपटक एक वर्षका लागि इन्टरनेटको रिचार्ज गर्दा दुई महिनाको बोनस प्राप्त गर्नेछन् । त्यस्तै ६ महिनाको रिचार्ज गर्दा एक महिना थप इन्टरनेट सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्लासिक टेकको न्यूनतम प्याकेज २० एमबीपीएसको छ । कम्पनीले यो स्पीडको प्याकेजमा वार्षिक रिचार्ज गर्दा ग्राहकले १२ हजार रुपियाँ तिर्नुपर्ने उल्लेख गरेको छ । कम्पनीले वार्षिक रिचार्जमा थप दुई महिना बोनस दिँदा ग्राहकले प्रतिमहिना आठ सय ५७ रुपियाँमै २० एमबीपीएसको इन्टरनेट र क्लासिक प्रभु टिभी सेवा प्राप्त गर्नेछन् । तर यो शुल्क करबाहेकको हो ।
यसैअनुसार अन्य प्याकेजमा पनि ग्राहकले अफर प्राप्त गरेका छन् । कम्पनीका अनुसार यो अफर क्लासिक प्रभु टिभीमा समेत लागू हुनेछ । दुई महिनाको बोनस इन्टरनेट तथा टिभी दुवैमा उपलब्ध हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया