असार २०, २०८२ शुक्रबार July 4, 2025

फिफा क्लब विश्वकप : रियल मड्रिडले पाचुकालाई ३-१ गोल अन्तरले हरायो

समूह ‘एच’ मा रहेको रियल मड्रिड २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। फिफा क्लब विश्वकप अन्तर्गत बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकालाई ३-१ ले पराजित गरेको छ।

खेलको सातौं मिनेटमै डिफेन्डर राउल एसेन्सियो रातो कार्ड खाँदै बाहिरिए पनि १० खेलाडीमा सीमित रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको हो।

रियल मड्रिडका लागि जुडे बेलिङ्घमले ३५औँ मिनेटमा पहिलो गोल गरे भने आर्दा गुलेरले ४३औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि ७०औँ मिनेटमा फेडेरिको भाल्भर्डेले तेस्रो गोल गर्दै अग्रता ३-० बनाए।

पाचुकाका एलियास मोन्टिएलले ८०औँ मिनेटमा सान्त्वना गोल गरे।

जितसँगै समूह ‘एच’ मा रहेको रियल मड्रिडले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ। पाचुका भने लगातार दुई खेल हार्दै अंकविहीन बनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार