असार २०, २०८२ शुक्रबार July 4, 2025

इरानका आणविक केन्द्रमाथि अमेरिकी हवाई आक्रमणपछि आईएईए गभर्नर बोर्डको आपतकालीन बैठक बस्दै

फोर्दो, नतान्ज र एस्फाहानमा बम आक्रमण: इरानले सबै विकल्प खुला राखेको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। संयुक्त राज्य अमेरिकाले इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा गरेको हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (IAEA) ले आपतकालीन गभर्नर मण्डलको बैठक बोलाएको छ।

संस्थाले आइतबार बिहान सार्वजनिक गरेको आधिकारिक सूचनामा भनिएको छ, “इरानका फोर्दो, नतान्ज र एस्फाहानस्थित आणविक केन्द्रहरूमा आक्रमण भए तापनि हालसम्म ती स्थानहरूको वरपरको क्षेत्रमा विकिरणको मात्रा अस्वाभाविक रूपमा बढेको कुनै प्रमाण भेटिएको छैन।”

IAEA का प्रमुख राफाएल ग्रोसीले ती केन्द्रहरूमा अधिकांश अवस्थामा आणविक पदार्थ नभएको वा न्यून मात्रामा रहेकोले वातावरणमा तत्काल खतराको संभावना नगन्य रहेको बताएका छन्। तर, उनले चेतावनी दिँदै भने, “आणविक पूर्वाधारमाथिको आक्रमण गम्भीर मुद्दा हो, जसले दीर्घकालीन असर पार्न सक्छ।”

संस्थाले अझै विस्तृत मूल्यांकन गर्न बाँकी रहेको बताउँदै प्रारम्भिक जानकारीहरू संकलन भइरहेको उल्लेख गरेको छ। IAEA का अनुसार, परिस्थिति स्पष्ट भएलगत्तै थप विवरण प्रस्तुत गरिनेछ।

उता, इरानका परराष्ट्र मन्त्री सैयद अब्बास आरागचीले अमेरिकाको कारबाहीलाई ‘गम्भीर उक्साहट’ र ‘दीर्घकालीन प्रभाव पार्ने खालको’ घटनाका रूपमा चित्रण गर्दै सबै विकल्प खुला राखिएको प्रतिक्रिया दिएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत् अमेरिकाले इरानका ती तीन आणविक साइटहरूमा ‘सफल हवाई कारबाही’ गरेको दाबी गरेका थिए।

इजरायलद्वारा पछिल्ला केही दिनमा एस्फाहानमा पुनः आक्रमण गरिएको पुष्टि IAEA प्रमुख ग्रोसीले गरेका छन्। उनले भने, “त्यसबाट संरचनात्मक क्षति भएको देखिएको छ, तर अहिलेसम्म बाह्य वातावरणमा विकिरण फैलिएको छैन।”

ग्रोसीले दोहोर्‍याउँदै भने, “आणविक पूर्वाधारहरू अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संवेदनशील हिस्सा हुन्। तिनमाथि कुनै पनि प्रकारको आक्रमण हुनुहुँदैन।”

यो घटनाक्रमले इरान, अमेरिका र इजरायलबीचको चुलिंदो तनावलाई अन्तर्राष्ट्रिय स्तरमै जटिल मोडमा पुर्‍याउने सङ्केत देखिएको छ। अबको आईएईएको निर्णय र अन्तर्राष्ट्रिय प्रतिक्रिया विश्व राजनीतिक समीकरणमा निर्णायक बन्नसक्छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार