कार्तिक २५, २०८३ बुधबार November 11, 2026

भिजिट भिसा प्रकरणको छानबिन गर्न वैरागीको नेतृत्वमा समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

एक महिनाभित्र प्रतिवेदनसहित सुझाव पेश गर्न समितिलाई जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असार १० गते। सरकारले भिजिट भिसा सम्बन्धी विवादित प्रकरणको छानबिन गर्न शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको छ। वैरागी पूर्वमुख्यसचिव तथा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत हुन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको अध्यक्षतामा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा सम्बन्धित मन्त्रालयका सहसचिव समेत रहने जनाइएको छ।

सरकारले एक महिनाभित्र प्रतिवेदनसहित सुझाव पेश गर्न समितिलाई जिम्मेवारी दिएको छ। पछिल्लो समय भिजिट भिसाको नाममा ठगी, मानव बेचबिखन तथा नियमनविहीन प्रक्रियाका विषयमा सार्वजनिक चासो बढेपछि छानबिन समिति गठन गरिएको हो।

सरकारी स्रोतका अनुसार समितिले विदेश जान वीजा लिएर जाने प्रक्रियामा देखिएका कमजोरी, दलाल संलग्नता र प्रशासनिक लापरवाहीका पक्षमा विस्तृत अध्ययन गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया