श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मौलापुरका जनतालाई ‘फ्री बिजुली, फ्री पानी’, नगरपालिकाले तिरिदियो ३ करोड बढी

हालको रकमले २०८२ सालको भदौ मसान्तसम्मको बिजुली महसुल पुग्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सञ्जय मिश्रा/रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाले देशकै उदाहरणीय ‘फ्री बिजुली, फ्री पानी’ योजना अन्तर्गत विद्युत प्राधिकरणलाई थप ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ।

नगर प्रमुख रिना कुमारी साहले हालै प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन । यो रकम चालु आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत नगरवासीका विद्युत महसुलको भुक्तानीका लागि प्रदान गरिएको हो।

यसअघि नै २ करोड ५७ लाख १० हजार निकासा गरिसकेको नगरपालिकाले हालसम्म यो योजनामा कुल ३ करोड १७ लाख १० हजार खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले न्युज कारखानालाई बताए ।

प्राधिकरणका अनुसार, हालको रकमले २०८२ सालको भदौ मसान्तसम्मको बिजुली महसुल पुग्ने अनुमान छ। शून्य कर नीतिअन्तर्गत मौलापुरले नागरिकलाई घरायसी र कृषि प्रयोजनका सबै प्रकारका बिजुली महसुलबाट पूर्णतः मुक्त गराउँदै आएको छ।

सामान्य प्रशासनिक संरचनाले कर संकलन गरी सेवा प्रवाह गर्ने चलनलाई चुनौती दिँदै मौलापुरले निःशुल्क आधारभूत सेवा वितरणको नयाँ मापदण्ड स्थापना गरेको छ।

नगर प्रमुख साहको दूरदृष्टिपूर्ण, पारदर्शी र समर्पित नेतृत्वले नगरवासीमा सशक्त र आत्मनिर्भर नागरिकको अनुभूति दिलाएको छ। ूअपन नगर, मौलापुर नगरू नाराले जनतामा विशेष भरोसा र अपनत्व बढाएको छ।

यस प्रकारका योजनाहरूले स्थानीय सरकारको सामाजिक उत्तरदायित्व र सेवा केन्द्रित शासनको नमूना प्रस्तुत गर्दै अन्य पालिकाहरूलाई समेत अनुकरणीय प्रेरणा दिन सक्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार