श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकाको नयाँ भिसा नीति : ‘एफ’, ‘एम’ र ‘जे’ भिसाका लागि सामाजिक सञ्जाल सार्वजनिक राख्नुपर्ने

भिसा प्रक्रियामा सामाजिक सञ्जाललाई प्राथमिक मूल्याङ्कन सूचक बनाइनु अमेरिकाको कडिंदो अध्यागमन नीतिको स्पष्ट संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ११ गते । अमेरिकामा अध्ययन तथा सांस्कृतिक आदानप्रदानका लागि जाने विदेशी नागरिकका लागि नयाँ भिसा सर्त लागू भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले आज (आइतबार) सार्वजनिक सूचना जारी गर्दै ‘एफ’, ‘एम’ र ‘जे’ भिसा आवेदनकर्ताले आफ्ना व्यक्तिगत सामाजिक सञ्जाल खाताहरू सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था सुरु गरेको जानकारी दिएको हो।

दूतावासको सूचनाअनुसार, अबदेखि यी तीन श्रेणीका अप्रवासी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता व्यक्तिगत सामाजिक सञ्जालको गोपनीयता सेटिङ ‘पब्लिक’ मा राख्नुपर्ने छ। “यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक पर्ने जाँच प्रक्रियालाई सहज बनाउनेछ,” सूचनामा उल्लेख गरिएको छ।

भिसाका प्रकार:

  • एफ भिसा – विद्यालय तथा विश्वविद्यालय अध्ययनका लागि।

  • एम भिसा – प्राविधिक तथा व्यवसायिक अध्ययनका लागि।

  • जे भिसा – सांस्कृतिक आदानप्रदान, शिक्षक, रिसर्चर, वा इन्टर्नका लागि।

अमेरिकी अध्यागमन विभागका अनुसार हरेक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित हुन्छ। त्यसैले पछिल्लो समयमा अमेरिका जान चाहने व्यक्तिहरूको सामाजिक सञ्जाल सक्रियता पनि भिसा मूल्याङ्कनको एक अंशको रूपमा परीक्षण गरिँदै आएको छ।

दूतावासले यसअघि नै भिसा प्राप्त गरेपछि, अमेरिका पुगेपछि र स्वदेश फर्किएपछि पनि त्यस्ता व्यक्तिको सामाजिक सञ्जाल निरन्तर अनुगमन हुने जनाएको थियो।

भिसा प्रक्रियामा सामाजिक सञ्जाललाई प्राथमिक मूल्याङ्कन सूचक बनाइनु अमेरिकाको कडिंदो अध्यागमन नीतिको स्पष्ट संकेत हो। यसले अभिव्यक्ति स्वतन्त्रता तथा व्यक्तिगत गोपनीयतासँग जोडिएका बहसलाई समेत चुल्याउने विश्लेषकहरूको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार