बैसाख २६, २०८३ शनिबार May 9, 2026

पुजारी हत्याको विरोधमा उत्रिए चितवनका धार्मिक संगठनहरु आन्दोलित (ज्ञापनपत्र सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः रौतहट जिल्लाको हनुमान मन्दिरका पुजारी श्रीराम शाह हत्याको विरोधमा चितवनका धार्मिक संगठनहरुले चितवन सिडिओलाई ज्ञापनपत्र वुझाएका छन् ।

हिन्दु जागरण नेपालको संयोजकत्वमा चितवनका दुईदर्जन धार्मिक संघ-संस्थाका प्रतिनिधिहरुले आज जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र वुझाएका हुन् ।

यस घटनाको विरोधमा हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्लेद्वारा हस्ताक्षरित संयुक्त ज्ञापनपत्रमा अपराधीलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी, गम्भीर भएर कानुनबमोजिम सजाँय गर्न माग गरिएको छ । ज्ञापनपत्रमा प्रत्येक मठमन्दिर तथा गुम्वाहरुको सुरक्षाका निम्ति ठोस उपाय अवलम्वनको समेत माग गरिएको छ ।

भदौं ३ गते बुधबारको दिन साँझको नियमित पुजा सकेर राती खाना खान बसेका पुजारी श्रीराम शाहको अज्ञात समुहले कन्चेटमा गोली हानी हत्या गरेको थियो । उनी रौतहट जिल्ला माधवनारायण नगरपालिका २ खेसरहीयाका हुन ।

संयुक्त ज्ञापनपत्रमा श्रीलक्ष्मी वैकुण्ठनाथ मन्दिरका अध्यक्ष एवं महन्त श्री १००८ स्वामी जगन्नाथाचार्य, वैकुष्ठनाथ परम वौद्धिक विद्या प्रतिष्ठानका अध्यक्ष यमलाल कँडेल, मालिका मन्दिर हाकिम चोकका अध्यक्ष महाप्रसाद सिलवाल, हरिकिर्तन धार्मिक संस्थाका अध्यक्ष हरिकिर्तन बाबा उमानाथ कँडेल लगायत विभिन्न २४ वटा संघ संस्थाहरुको ऐक्यवद्धता रहेको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार