श्रावण २, २०८२ शुक्रबार July 18, 2025

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा

जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टक्सार (भोजपुर) । जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका हुन् ।

षडानन्द नगरपालिकाका साथै रामप्रसाद राई र आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने चरणमा रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए। तीन वटा स्थानीय तहलाई समयमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न ढिलाइ हुँदा जिल्लालाई घोषणा गर्न नसकिएको उनले बताए।

भोजपुर नगरपालिकाका साथै हतुवागढी, टेम्केमैयुङ, साल्पासिलिछो, अरुण र पौवदुङमा गाउँपालिकाभित्र रहेका सबै लक्षित उमेर समूहका बालबालिकाले नियमित खोप तालिकाअनुसार पूरा खोप सेवा लिएपछि यी स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति भोजपुरको आज बसेको बैठकले यही असार २३ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङको अध्यक्षतामा बसेको बैठकले बाँकी रहेका तीन पालिका घोषणा भएपछि जिल्लालाई घोषणा गरिने बताए।

बैठकले खोप सेवामा संलग्न रहेका स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गर्ने र कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै जान थालेकाले जिल्लामा करिब ३० हजार नागरिकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँका पालिकाले माग गरेका आधारमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । समन्वय समितिका प्रमुख थुलुङले ‘खोज र खोप’ भन्ने अभियानलाई सार्थक बनाउन अभियान सञ्चालन गरिने बताउँदै कोही पनि कुनै खोपबाट छुट्न नहुने भन्दै तालिकाअनुसार नियमित खोप लगाउन सबैलाई आग्रह गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार