असार २०, २०८२ शुक्रबार July 4, 2025

मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि

प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टोली सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
महेन्द्रनगर (धनुषा), १२ असारः जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ ।
मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधामामा पत्रकार सम्मेलन गरी हरेक प्रदेशबाट १२ जना खेलाडी सहभागी हुने बताउनुभयो । मधेशको मौलिकतालाई चिनाउने खेल भएकाले यो प्रतियोगिता महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । मधेश सुगम ठाउँ रहेकाले खेलकुदलाई जोड्यो भने खेलकुदमार्फत राष्ट्रको सम्पत्तिका रूपमा धेरै खेलाडी उत्पादन गर्न सकिने उहाँले विचार व्यक्त गर्नुभयो ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले रु ५० लाख बजेटको व्यवस्था गरेको  छ । यस प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २५ हजार, दोस्रो हुने टोलीलाई रु २० हजार र तेस्रो हुने टोलीलाई रु १५ हजार पुरस्कार दिइने सदस्य सचिव कानुले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार