जेठ २३, २०८३ शनिबार June 6, 2026

मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि

प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टोली सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
महेन्द्रनगर (धनुषा), १२ असारः जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ ।
मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधामामा पत्रकार सम्मेलन गरी हरेक प्रदेशबाट १२ जना खेलाडी सहभागी हुने बताउनुभयो । मधेशको मौलिकतालाई चिनाउने खेल भएकाले यो प्रतियोगिता महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । मधेश सुगम ठाउँ रहेकाले खेलकुदलाई जोड्यो भने खेलकुदमार्फत राष्ट्रको सम्पत्तिका रूपमा धेरै खेलाडी उत्पादन गर्न सकिने उहाँले विचार व्यक्त गर्नुभयो ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले रु ५० लाख बजेटको व्यवस्था गरेको  छ । यस प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २५ हजार, दोस्रो हुने टोलीलाई रु २० हजार र तेस्रो हुने टोलीलाई रु १५ हजार पुरस्कार दिइने सदस्य सचिव कानुले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया