श्रावण २, २०८२ शुक्रबार July 18, 2025

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

पछिल्लो समय लागुऔषध कारोबार तथा ओसारपसारमा निजी सवारी साधनको प्रयोग बढेपछी प्रहरी हैरान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा) झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले प्रदेश ०१–०३–च ०८७७ नं को क्रेटा कार जाँच गर्दा लागुऔषध, कार र उनीहरूले प्रयोग गर्दै आएका मोबाइल बरामद गरिएको हो।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार पक्राउपर्नेमा नुवाकोट बेलकोटगढी–१३ बस्ने वर्ष ३१ को साजन तामाङ, वर्ष ३० को सजिन लामा, वर्ष ३३ को दिपेश लामा र बेलकोटगढी–११ बस्ने वर्ष २३ को राम तामाङ रहेका छन्। उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट सात दिनको म्याद लिइएको उनले बताए।

पछिल्लो समय लागुऔषध कारोबार तथा ओसारपसारमा निजी सवारी साधनको प्रयोग बढिरहेकाले निगरानी बढाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले बताए। उनका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्ममा झापा जिल्लाबाट दुई हजार ४०५ दशमलव १६५ ग्राम लागुऔषध बरामद भएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आव २०८०/०८१ मा दुई हजार १७४ दशमलव १९५ ग्राम र आव २०७९/८० मा एक हजार ५५८ दशमलव ४५९ ग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार