श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रदेश स्तरका सबै खेलाडीलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने : मुख्यमन्त्री सिंह

बिहीबारदेखि सुरु भएको मुख्मन्त्री अन्तर प्रदेश कबड्डी प्रतियोगिता तीन दिनसम्म चल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर । मधेश प्रदेशसका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश स्तरको मधेशका सम्पूर्ण खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने बताएका छन्।

बिहीबार जनकपुरधाममा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशका खेलाडीहरुको प्रोत्साहनका लागि सम्पूर्ण प्रदेश स्तरका खेलाडीहरुलाई महिनावारी नभए वर्षमा एकैपटक जोडेर रकम उपलब्ध गराउने जानकारी दिए।

मधेश प्रदेशले विगतमा भएको राष्ट्रिय स्तरको विभिन्न खेलहरुमा जित हासिल गरेर प्रदेशको नाम बढाएको स्मरण गराउँदै मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा खेलकुदको विकासका लागि प्रदेश सरकार सँधै तत्पर रहेको उल्लेख गरे।

उनले मधेश प्रदेश सरकारको आयोजनामा आगामि दिनमा विभिन्न प्रदेश स्तरीय खेलहरु हुने र त्यसमा अन्य प्रदेशका खेलाडीहरु पनि सहिभागि हुने जानकारी दिए।

मुख्यमन्त्री सिंहले युवा पुस्तालाई खेलकुदमा लागेर आफ्नो र आफ्नो प्रदेशको नाम उचाईमा लग्न आग्रह गरे।

बिहीबारदेखि सुरु भएको मुख्मन्त्री अन्तर प्रदेश कबड्डी प्रतियोगिता तीन दिनसम्म चल्ने जनाइएको छ। प्रतियोगिता मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भइरहेको छ। प्रतियोगितामा सातवटै प्रदेशका कबड्डी खेलाडीहरुले भाग लिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार