श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सीमित श्रोत साधनमा उत्कृष्ट कार्य गर्न जरुरी छ : गृहमन्त्री लेखक

राष्ट्रको सेवाका लागि महत्त्वपूर्ण जिम्मेवारी प्राप्त संगठनले सीमा सुरक्षा जस्तो संवेदनशील कार्यमा उत्कृष्ट योगदान पुर्‍याएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको परिचालनलाई अझ प्रभाबकारी बनाउन जरुरी रहेको बताएका छन्। सशस्त्रको मुख्यालयमा आयोजित वरिष्ठ अधिकृत सम्मेलन २०८२ को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

समारोहमा  गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको परिचालनलाई अझ प्रभावकारी बनाउन सम्मेलन महत्त्वपूर्ण रहेको चर्चा गर्दै  राष्ट्रको सेवाका लागि महत्त्वपूर्ण जिम्मेवारी प्राप्त संगठनले सीमा सुरक्षा जस्तो संवेदनशील कार्यमा उत्कृष्ट योगदान पुर्‍याएको बताए ।

राजश्व चुहावट नियन्त्रण , विपद् व्यवस्थापन जस्ता कार्यमा सशस्त्र प्रहरी वलको महत्त्वपूर्ण भूमिका र उत्कृष्ट कार्यसम्पादन रहेको उनले  बताए । धेरै ठाउँमा सशस्त्र प्रहरीका युनिट स्थापना गर्न आम नागरिक बाट माग आएको बताउँदै उनले यो नागरिकको विश्वास बढेको उदाहरण भएको चर्चा गर्दै  उनले सीमित श्रोत साधनले काम गर्नु पर्ने अवस्था रहे पनि यसमा सशस्त्र प्रहरी बलको कार्यसम्पादन उत्कृष्ट रहेको बताए ।

संगठन सुधारका लागि मन्त्रालय गम्भीर रहेको र आधारभूत आवश्यकताको व्यवस्थापन गरिने बताउँदै  मन्त्रालयको तर्फबाट कानुनी, नीतिगत मार्गदर्शन हुने बताए ।मनसुन शुरु भइसकेकोले तयारी हालतमा रहन जरुरी रहेको समेत उनले बताए ।सबै प्रदेशमा जोखिमको मूल्याङ्कन गरेर सोही अनुसार कार्य गर्न सबै बाहिनिपतिहरुलाइ उनले निर्देशन दिए ।सुरक्षानिकायको अबश्यकता पूरा गर्न मन्त्रालयले कार्य गरिरहेकोले श्रोत साधनको उपलब्धता मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

गृह सचिव गोकर्णमणि दुवाडिले यो सम्मेलनका छलफल , निचोड लगायतका विषयमा उठेका कुराहरूमा समन्वय र सहकार्यका लागि मन्त्रालय क्रियाशील रहेको बताए । उनले संगठन प्रती मन्त्रालयको भरोसा रहेको बताउँदै  अझ प्रभावकारी कार्य सम्पादनको अपेक्षा मन्त्रालयको रहेको बताए । विपद् व्यवस्थापनका लागि उपकरण लगायतमा सबै तहको सामूहिक साझेदारी रहेकोमा जोड दिए ।उनले संगठनको बृत्तिबिकाशका लागि  मन्त्रालयको साथ , सहयोग,  समन्वय रहिरहने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलन नतिजामुखी बनाउने र संगठनको समसामयिक विषयमा छ्लफल भएको बताए ।प्रतिबद्धतालाई  कर्ममा बदल्दै राज्यले दिएको जिम्मेवारी पूरा गर्न संगठन लागिरहेको बताउँदै उनले आम नागरिकको सुरक्षा, विपद् उद्धार लगायतका कार्यमा थप प्रभावकारी कार्य गरिने बताए ।फिल्डमा नतिजामुखी कार्यको लागि मातहतलाई निर्देशन दिँदै उनले राजश्व संकलनमा थप निर्मम हुन जरुरी रहेको बताए । केही दिन अघि पूर्वी नवलपरासीमा मध्यरातमा गरिएको उद्धार कार्यमा खटिएका नं. ३१ गुल्मका सबै सुरक्षाकर्मिलाइ आन्तरिक रुपमा पुरस्कृत गरिएको पनि उनले जानकारी गराए ।

कार्यक्रममा गृह मन्त्रालय नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव आनन्द काफ्लेले राजश्व चुहावट नियन्त्रण , सशस्त्र प्रहरी बलको भौतिक पूर्वाधार निर्माण तथा श्रोत साधन लगायतका विषयमा जानकारी गराएका थिए ।  असार ११ र १२ गते संचालन भएको सम्मेलनमा विशेष गरी सीमा सुरक्षा र विपद् व्यवस्थापन लगायतका विषयमा भौतिक तथा भर्चुअल माध्यमबाट  छलफल भएको थियो ।

कार्यक्रममा  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु , गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका सह सचिव रामचन्द्र तिवारी , प्रशासन महाशाखाका  सह सचिव छवि रिजाल,  सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत तथा भर्चुअल माध्यम बाट प्रदेश स्थित बाहिनी मुख्यालयका   वरिष्ठ अधिकृत हरुको  समेत  उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार