काठमाडौँ। सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी परेको छ । सभापति इश्वरी देवी न्यौपानेका अनुसार संसदीय सुनुवाइ समितिको आजको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका छन्।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका छन्।
मेघराजविरुद्ध दुई, श्रीकान्त विरुद्ध दुई र शान्तिसिंहविरुद्ध एक तथा सैद्दान्तिक विषयसँग समबन्धि दुई वटा उजुरी परेको छ । शुक्रवार उजरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाई गर्ने समितिले जनाएको छ ।
उजुरीकर्तालाई आजको समितिको बैठकमा बोलाइएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया