श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पर्सा प्रहरीद्वारा एक ट्रक चरेस बरामद

चरेशसहित पक्राउ परेका स्याङ्तानको साथबाट प्रहरीले १ लाख ९२ हजार नगद पनि बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज।  पर्सा प्रहरीले जिल्लामै हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ। वीरगञ्जको परवानीपुर चोकबाट ३१९ केजी चरेशसहित मकवानपुरको थाहानगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बुधबार बेलुकी परवानीपुर चोकमा परवानीपुरबाट वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त परिमाणको चरेस फेला परेको हो।

ट्रकको सामान लोड गर्ने भागमा प्लास्टिकको बोराभित्र पोका बनाएर चरेस लुकाइएको अवस्थामा फेला परेको मिश्रले जानकारी दिए ।  चरेशसहित पक्राउ परेका स्याङ्तानको साथबाट प्रहरीले १ लाख ९२ हजार नगद पनि बरामद गरेको छ। बरामद भएको चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रक चालक स्याङ्तानले उक्त चरेस धादिङबाट लोड गरेर ल्याएको र वीरगञ्जको ड्राइपोर्ट नाका हुँदै भारतमा पु¥याउने योजनामा रहेको बयान दिएका छन्। पक्राउ परेका स्याङ्तानलाई प्रहरी हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक मिश्रले चरेस, गाँजा, अफिम लगायतका लागुऔषध तस्करीको सञ्जाल तोड्ने गरी पर्सा प्रहरी सक्रिय रहेको र यसैको नतिजास्वरूप यति ठूलो मात्रामा चरेस बरामद गर्न सफल भएको बताए। उनले लागुऔषध तस्करीको ’चेन ब्रेक’ गर्ने गरी अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको बारेमा पनि सुक्ष्म ढंगले छानबिन भइरहेको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार