असार २०, २०८२ शुक्रबार July 4, 2025

नेपाली राष्ट्रिय महिला फुटबल टोली १ सयौं खेल्दै

एसियन कपको छनोटअन्तर्गत लाओसविरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपालको राष्ट्रिय महिला फुटबल टोली एक १ सयौं अन्तर्राष्ट्रिय खेलको कोशेढुङ्गाबाट एक खेल टाढा छ । त्यो एक खेल आइतबार साँझ एसियन कपको छनोटअन्तर्गत लाओसविरुद्धको खेलपछि पूरा हुनेछ ।

ऐतिहासिक १ सय खेलनजिक रहेको नेपाली महिला फुटबल टोलीले लामो र संघर्षपूर्ण यात्रालाई पूर्णता दिन ३९ वर्ष यानि ४ दशक लगायो । कडा संघर्ष र अविरल परिश्रमपछि नेपाली महिला फुटबलले अहिले इतिहासका नयाँ पाना लेख्ने तयारी गरिरहेको छ ।

इतिहास पल्टाउने हो भने नेपाली महिला फुटबलको सुरुआत वि.सं २०३० को दशकमा भएको हो । पुरुष फुटबलको प्रभुत्वका कारण महिलाहरूसँग यो खेल खेल्नका लागि थुप्रै चुनौतीहरू थिए । तर, महिलाहरूले आफ्नो चाहनामा दृढ रहँदै फुटबलमा आफ्नो स्थान बनाउन थाले ।

स्थानीय स्तरमा केही प्रतियोगिताहरूको आयोजना हुँदा महिलाहरूको खेलप्रतिको रुचि र लगाव बलियो हुँदै गयो । २०४० सालमा राष्ट्रिय खेलकुद परिषद्ले महिला फुटबलको प्रोत्साहन गर्न शुरू ग¥यो र २०४० को दोस्रो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबललाई समावेश गर्दै यसको उत्साहलाई थप्ने कामको थालनी भयो ।२०४३ सालमा नेपाली महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । रमा सिंहको नेतृत्वमा एसियन कपको मैदानमा उत्रेपछि नेपालले हङकङसँगको पहिलो खेलमा १–० को हार सामना गरेको थियो ।

यद्यपि, यो हार नेपालका लागि नयाँ यात्रा र नयाँ सम्भावनाहरूको शुरुआत थियो । त्यसपछिका वर्षहरूमा अन्तर्राष्ट्रिय फुटबल गतिविधिहरू केही समयको लागि थामिएका थिए । तर, घरेलु स्तरमा महिलाहरूको फुटबल प्रतिको लगाव कदापि घटेन ।

सन् १९९९ मा नेपालले पुनः एसियन कपमा सहभागिता जनायो र यसपटक इतिहास रच्यो । पेमा डोमा लामाले उज्ज्वेकिस्तानसँगको खेलमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै इतिहासको पाना पल्टाइन् ।

यसका केही वर्षपछि सशस्त्र प्रहरी एपीएफले महिला फुटबल टोलीलाई प्रायोजन गर्दै नियमित प्रशिक्षण र व्यावसायिक अवसरहरूको सिर्जना ग¥यो । यसले महिला फुटबलको स्तरमा महत्वपूर्ण सुधार ल्यायो र एक नयाँ अध्यायको शुरुआत ग¥यो ।

सन २०१० पछि महिला फुटबलले नयाँ उँचाइहरू छुन थाल्यो । साग र साफ प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्दै फाइनलसम्म पुगे पनि उपाधिलाई भने चुम्न सकेन । २०१० पछि नेपाली महिला फुटबलले १५ वर्षमा १२ वटा फाइनल खेलिसकेको छ र सबैमा उपविजेता बनेको छ ।

वर्तमानमा, नेपाली महिला फुटबलका खेलाडीहरू युरोपका विभिन्न शीर्ष क्लबहरूमा खेल्न थालेका छन् । सावित्रा भण्डारी फ्रान्सको प्रमुख क्लबमा, एन्जिला तुम्बाप्पो सुब्बा ग्रीसको क्लबमा र रेखा पौडेल यूएईमा खेल्दैछन् । यसले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय स्तरमा भएका सुधारहरूको प्रमाण प्रस्तुत गर्दछ ।

तर, फुटबलका जानकारहरूले आगामी चुनौतीहरूको बारेमा पनि चेतावनी दिएका छन् । चार दशकको यो यात्रा सफल भए पनि अन्तर्राष्ट्रिय उपाधि अझै हात परेको छैन । यसको निराकरण गर्ने हो भने घरेलु फुटबलको मजबुती र महिला लिगको प्रभावकारिता अझै राम्रो बनाउनु पर्नेछ ।

आगामी एसियन कपको छनोट खेलमा नेपालले उच्च स्तरको प्रतिस्पर्धा सामना गर्नुपर्नेछ र यही चुनौतीले महिला टोलीलाई अझ मजबुत बनाउन सक्छ । आइतबार हुने १००औं खेल केवल एक उपलब्धिमात्र होइन, नेपालको फुटबल इतिहासको एक नयाँ अध्यायको शुरुआत हुनेछ ।

१००औं म्याच खेल्दै नेपाली महिला फुटबलले नयाँ ऐतिहासिक मोडमा प्रवेश गर्नेछ, जसले भविष्यका लागि अझ ठूलो सम्भावनाहरूको ढोका खोल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार