श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सङ्खुवासभामा मनसुनजन्य विपद्को पूर्वतयारी

जिल्लाका ७६ वडामध्ये ३६ वडा बाढीपहिराका जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किमाथाङ्का (सङ्खुवासभा), १४ असारः सङ्खुवासभामा मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्वतयारी भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काल उद्धार तथा खोजका लागि आवश्यक पर्ने उपकरण प्रदेश तथा सङ्घीय सरकारसँग माग गरेको छ । मनसुनजन्य विपद्को समय आवश्यक पर्ने खाद्यान्न तीन महिनासम्म पुग्नेगरी भण्डारण गरिएको छ ।

बाढीपहिरो तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण, अत्यावश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको उच्चजोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्नेगरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

बितेका १० वर्षमा १०७ वटा बाढीपहिरोका घटनामा १६ जनाको ज्यान गएको छभने १९ जना बेपत्ता छन् । जिल्लाका ७६ वडामध्ये ३६ वडा बाढीपहिराका जोखिममा छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार