श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कैलालीमा नक्षत्र वाटिका

वाटिकामा नक्षत्र र राशीसँग सम्बधित बहुगुणी बिरुवा एकै ठाँउमा रोपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोडाघोडी (कैलाली), १४ असारः कैलालीमा नक्षत्र वाटिका निर्माण गरिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–१, चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा प्रदेशकै पहिलो पटक नक्षत्र वाटिका निर्माण गरिएको छ ।

मन्दिर उपभोक्ता समितिमार्फत सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईअन्तर्गत रु २७ लाख लागतमा वाटिका निर्माण गरिएको निर्माण समितिका सदस्य प्रकाश गुरुङले बताउनुभयो ।

पूर्वीय दर्शनअनुसार, ग्रह, नक्षत्रको सन्तुलन विरुवाद्वारा हुने हुँदा १२ राशि, नौ ग्रह र २७ नक्षत्रलाई आधार मानेर वाज्ञटिकामा अमला, जामुन, समी, पिपल, वर, बेल, नीम, खयर, कुश, दुबो, गुल्लर, कटहर गरी ४० प्रजातिका विरुवा रोपिएको सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख डबलबहादुर बोहोराले बताउनुभयो ।

बोहोराका अनुसार २७ नक्षत्रअनुसार २७ वनस्पति, ज्योतिषीय महत्व, आयुर्वेदिक उपयोग, पर्यावरणीय लाभ, धार्मिक र सांस्कृतिक पक्ष, शैक्षिक महत्व, वास्तुमा धर्म, जैविक विविधता संरक्षण गर्ने उद्देश्यले नक्षत्र वाटिका निर्माण गरिएको हो । वाटिकामा नक्षत्र र राशीसँग सम्बधित बहुगुणी बिरुवा एकै ठाँउमा रोपिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार