श्रावण २, २०८२ शुक्रबार July 18, 2025

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन

बेमौसममा पर्यटकको कम आगमन हुँदा सरसफाइमा सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनाङ, १४ असार : विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो ।

यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टङ्की मनाङदेखि थोराङ्ला भञ्ज्याङ (पास)सम्मको नकुहिने फोहर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार नकुहिने फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।

उहाँले भन्नुभयो, “यस पदमार्ग विश्व प्रसिद्ध भएकाले अधिकांश बाह्य पर्यटकको आगमन बढी हुन्छ । तर, नकुहिने फोहरमैला बढी हुँदा दुर्गन्धित बन्ने खतरामा रहेको छ । नकुहिने फोहरजन्य पदार्थ लगिए पनि साथमा नै ल्याउनुपर्ने प्रावधान राखिएको छ । तर, उपयोग भएको पाइएको छैन ।” वर्षौँसम्म नष्ट नहुने फोहरले जलवायु परिवर्तनमा समेत प्रभाव पारेको उहाँको भनाइ छ ।

सो क्षेत्रमा सरसफाइका क्रममा ६५ बोरा फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङले जनाएको छ । बेमौसममा पर्यटकको कम आगमन हुँदा सरसफाइमा सहज हुने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय र पर्यटन व्यवस्थापन उपसमिति टङ्की मनाङको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार