असार २०, २०८२ शुक्रबार July 4, 2025

कृषिलाई आधुनिक पेसाका रूपमा विकास गर्न नीतिगत सुधार गर्नुपर्छः सभामुख घिमिरे

खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ असारः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गर्नुभएको छ ।

२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले भन्नुभएको छ, “नेपालको अधिकांश खेती अझै पनि अकासे पानीमा निर्भर छ । सिँचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठूलो प्रभाव परेको छ ।”

उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यस वर्ष ‘धानबालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारासहित राष्ट्रिय धान दिवस मनाइरहेका छौँ । किसान र सरोकारवाला सम्बद्ध पक्षहरूलाई सचेत तथा जागरुक बनाउने सन्देशसहित देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ ।

सभामुख घिमिरेले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान नेपालीको खाद्य सुरक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ, “धान एक बालीमात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो, देशको करिब ६५ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिकर्ममा संलग्न छन्, तथ्याङ्कानुसार नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना हो, कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्याङ्कन गर्नुपर्ने अवस्था आएको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार