श्रावण २, २०८२ शुक्रबार July 18, 2025

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

कृषि पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले कृषक कल्याणका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्ने बताएका छन्।
कृषि विभागले आज आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले मुलुकमा दिगो र समृद्ध अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताए। कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले कृषि पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले कृषक कल्याणका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउन उनीहरूको जीवनस्तर सुधार गर्नुपर्ने त्यसका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताए। उहाँले धान बालीको उत्पादनमा सुधार ल्याइ खाद्य सुरक्षामा योगदान पुर्‍याउनुपर्नेमा जोड दिँदै, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताए।
कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रलगायत संस्थाको समन्वयमा भएको महोत्सवमा धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिएका थिए।
प्रत्येक वर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको विभागले ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार